असार २६, २०८२ बिहिबार July 10, 2025

कैलालीमा भीम रावल पक्षले बोलायो समानान्तर प्रतिनिधि छनौट भेला, संस्थापन पक्षद्वारा कारवाहीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः कैलाली क्षेत्र नम्वर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचकाे विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेकाे महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेकाे छ । रावल पक्षले भने बुधबार (आज) फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेकाे सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएकाे उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २  मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौं ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नाै‌ जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेकाे बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत  दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन् ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कही कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उदेश्य हेरी उचित कारवाहीको बिषय बनाउनेछ । र त्यस्ता कार्यक्रममा भुलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरुलाई सुचित गरिन्छ ।

अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उस्काहट, इगो र पार्टीको आन्तरिक जीवनलाई बिरोधि शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चदै दशौ‌ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौं ।’ एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।-मोहन जोशी/ न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार