असार २६, २०८२ बिहिबार July 10, 2025

एकीकृत शक्ति नेपालको घोषणापत्र सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हिन्दु धर्मको पक्षधर एकीकृत शक्ति नेपालले बुधबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

पृथ्वीनारायण शाहको विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गरेको उक्त दलले ललितपुरमा बुधबार केही सञ्चारगृहका सम्पादक तथा पत्रकारहरुसँग छलफलका क्रममा आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

उक्त दलले नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा नेकपा एमालेका नेता मदन भण्डारीलाई प्रेरक व्यक्तित्वका रुपमा उल्लेख गरेको जनाएको छ।

छलफलमा उक्त दलका अध्यक्ष तथा बरिष्ट पत्रकार देवप्रकाश त्रिपाठीले हिन्दु धर्मको एजेन्डामा सबै दलहरु गएको उल्लेख गर्दै आफ्नो दल अठोट र प्रतिबद्धतामा अन्य दलहरुभन्दा फरक रहने उल्लेख गरे।

वरिष्ठ उपाध्यक्ष डा. रामप्रसाद उप्रेतीले मार्क्स र एंगेल्सका कम्युनिष्ट मेनिफेस्टोबाट अब देश अगाडि बढ्न नसक्ने उल्लेख गर्दै जीवनको बाँकी समय देश निर्माणमा खर्च गर्ने बताए।

त्यस्तै, महासचिव डा. बिपी तिमिल्सिनाले नेपाल जडिबुटी र मौलिक परम्पराका लागि परम्परागत रुपमा चिनिएको र अब पनि त्यही चिनारीबाट आर्थिक तथा सांस्कृतिक रुपमा विश्वमै चिनिन सक्ने बताए।

उक्त दलले पर्यावरणीय अवस्था, जनताको खुसी, इतिहास र सभ्यताको रक्षा, सुशासन, मौलिक धर्म, संस्कृति तथा परम्पराको संरक्षणलाई विकासको मापदण्डका रुपमा अगाडि बढाएको छ। साथै उक्त दलले शुक्रबार चुनावी चिह्न सार्वजनिक गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार