असार २६, २०८२ बिहिबार July 10, 2025

राप्रपा महाधिवेशनकाे उद्घाटन भृकुटीमण्डपमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

मंसिर ११-१३ मा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन्। महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ।

‘भृकुटीमण्डपमा चार दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने छन्’, प्रचार विभागका संयोजक मोहन श्रेष्ठले भने, ‘महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशबाट नेपाल आउने छन्।’

उनका अनुसार अध्यक्षत्रयले मनोनीत गर्ने र प्रदेशसभाबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ।

प्रत्येक प्रदेशस्तरबाट हुने निर्वाचनबाट ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ३ गतेबाट मतदान प्रक्रिया सुरु हुनेछ। ‘भोलिदेखि सुरु हुने आन्तरिक निर्वाचनबाट ३ सय ३० प्रदेशबाट ९-९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्’, श्रेष्ठले भने।

उनका अनुसार खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशबाट नौ जना प्रतिनिधि चयन हुँदैछन्।

त्यसैगरी २६ देशमा संगठन विस्तार गरेको राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ४-४ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने श्रेष्ठले जानकारी दिए। – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार