धार्मिक मेलाका कारणले रुकुमपश्चिमा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए ।
‘धार्मिक अवसरमा परापूर्वकालदेखि लाग्दै आएको महत्वपूर्ण स्थानीय पर्वसमेत रहेकाले अधिवेशन स्थगित गरिएको हो’, उनले भने, ‘स्थगित भएको प्रदेश अधिवेशन ५ मंसिरमा गरिने सहमति भएको छ ।’ त्यस्तै, ६ मंसिरका दिन नेपाली कांग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन हुनेछ । न्युज कारखाना
प्रतिक्रिया