काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ ।
यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ ।
अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एकलाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ । सक्रिय सदस्य थप हुने क्रम जारी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया