असार २६, २०८२ बिहिबार July 10, 2025

एकिकृत शक्ति नेपाल पार्टीले चुनाव चिन्ह सार्वजनिक गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकीकृत शक्ति नेपाल पार्टीले चुनाव चिन्ह सार्वजनिक गर्ने भएको छ ।

बरिष्ट पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा गत भाद्र १४ गते गठन भएको एकीकृत शक्ति नेपाल पार्टीले ललितपुरको कुपण्डोलमा रहेको म्याक्सीम बैंकेटमा आज पत्रकार सम्मेलनको आयोजना गरी चुनाव चिन्ह सार्वजनिक गर्ने भएको हो ।

राजसंस्थासहित हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित गठन भएको सो पार्टीले केही समय पहिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी केन्द्रीय कार्यसमितिको घोषणा समेत गरेको थियो । विभिन्न समाजसेवामा लागेका चर्चित ब्यक्तिहरु समेटिएको सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया