काठमाडौंः एकीकृत शक्ति नेपाल पार्टीले चुनाव चिन्ह सार्वजनिक गरेको छ ।
बरिष्ट पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा गठित एकीकृत शक्ति नेपाल पार्टीले ललितपुरको कुपण्डोलमा रहेको म्याक्सीम बैंकेटमा आज पत्रकार सम्मेलनको आयोजना गरी चुनाव चिन्ह ‘त्रिशुल’ सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यदी नेपाली जनताले अहिले भएका राजनितिक दल, राजनितिक शक्ति, राजनितिक नेतृत्व, अहिलेको निति, अहिलेको संविधान र ब्यबस्थाबाट यो मुलुकको कल्याण हुन सक्दैन भन्ने ठहर साँच्चै नेपाली जनताले गरेको हो भने हामी त्यसको विकल्प बनेर आएको बताउनुभयो । हामी इमान्दारीका साथ राष्ट्रका लागी केही गर्ने अठोट गरेका आएका छौं भन्दै अध्यक्ष त्रिपाठीले हामीले भद्रकाली माताको मन्दिरमा गएर एक थोपा रगत चढाएर त्यसै शपथ खाएका होइनौै यो मुलुकमा केही गर्छौ भनेर आएको दाबी गर्नुभयो ।
काँग्रेस र कम्युनिष्टले जस्ता ठुला कुरा नगर्ने बताउदै अध्यक्ष त्रिपाठीले यो पार्टीको नेतृत्वले नेपाली जनता र नेपाललाइ कहिले पनि धोका नदिने बताउनुभएको छ । चुनाव चिन्ह सार्वजनिक सभालाइ सम्बोधन गर्दै उहाँले बरु मरेर जान्छौं नेपाली जनताको भावनामा चोट पुर्याउने काम कहिले पनि गदैनौं । नेपालको हित बिपरित हैन हितलाइ प्रतिकुल असर पर्ने कुनै पनि कार्य हाम्रो पार्टील गर्नेछैन भन्दै अध्यक्ष त्रिपाठिले हामी गर्छौै भने केबल नेपाली जनताको हित गर्छौ त्यसका लागी समर्पित रहन्छौं ।
राजसंस्थासहित हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित गठन भएको सो पार्टीले केही समय पहिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी केन्द्रीय कार्यसमितिको घोषणा समेत गरेको थियो । विभिन्न समाजसेवामा लागेका चर्चित ब्यक्तिहरु समेटिएको सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया