असार २२, २०८२ आइतबार July 6, 2025

२ केजी सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका छन्। विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

सुन भित्रिँदै छ भन्ने गोप्य सूचनापछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले जहाज ल्याण्ड गर्नुअघिबाटै निगरानीमा बढाएको थियो। प्रहरीका अनुसार दुवैजनाले लेदो बनाएर कट्टुमा बाँधेर सुन भित्र्याएका थिए । पक्राउ परेका दुवैजना वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

विमानस्थलको एक्सरे मेसिनको सुरक्षा जाँच नै पार गरेर कसरी सुन भित्रियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। खाडी मुलुक र मलेसियाबाट आउने नेपाली कामदारलाई सुन तस्करले आर्थिक प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरेको यसअघिका घटनाबाट पनि देखिन्छ। यो पटक पनि त्यही शैलीमा तस्करीको सुन ल्याएइएको हुनसक्ने आशंका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार