श्रावण ५, २०८२ सोमबार July 21, 2025

रंगशाला निर्माणमा धुर्मुस-सुन्तलीलाई सहयोग गर्नेबारे छलफल भइरहेको छः अर्थमन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

धुर्मुस–सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

उनले भने, ‘थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु।’

यस्तै अर्थमन्त्री शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन्।

उनले भने, ‘यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ।’

देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए। अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका देउवानिकट पूर्वपदाधिकारीको चाक्सीबारीमा गोप्य बैठक
२०८२ श्रावण ५, सोमबार
इङ्ग्ल्यान्डले २०२७, २०२९ र २०३१ को विश्व टेस्ट च्याम्पियनशिप फाइनल आयोजना गर्ने
२०८२ श्रावण ५, सोमबार
सुनको मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम
२०८२ श्रावण ५, सोमबार
संसदीय समितिमा मिडिया काउन्सिल बिधेयक माथी छलफल हुदैँ
२०८२ श्रावण ५, सोमबार
भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
२०८२ श्रावण ५, सोमबार
रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी
२०८२ श्रावण ५, सोमबार
एमाले केन्द्रीय कमिटीको बैठक आज च्यासलमा बस्दै
२०८२ श्रावण ५, सोमबार