असार २२, २०८२ आइतबार July 6, 2025

चितुवाको छालासहित चारजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो ।” आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक÷एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक÷एक थान रेड÷रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार