श्रावण ५, २०८२ सोमबार July 21, 2025

सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो ।

यसै गरी ११ औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सह कोषाध्यक्षमा निर्मल मुन्धडा यसै गरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी हुनुभएको थियो ।

कूल एक हजार ३२२ मतदाता रहेको सङ्घमा एक हजार १६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया