काठमाण्डौंः पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ ।
गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ । वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ ।
गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया