श्रावण ५, २०८२ सोमबार July 21, 2025

सबैको लघुवित्तले ३ पुसमा साधारणसभा बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सबैको लघुवित्त वित्तीय संस्थाले ३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

सभामा ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

लघुवित्त साधारण सभा प्रयोजनार्थ १७ मंसिरदेखि २ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया