श्रावण ५, २०८२ सोमबार July 21, 2025

विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा रहेको छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०५ पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया