श्रावण ६, २०८२ मंगलबार July 22, 2025

फूलबारी लीला सम्पन्न, आइतबार धनुष यज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत दोस्रो दिन शनिबार फूलबारी लीला मनाइएको छ ।

फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी मनाइने महोत्सवको पहिलो दिन शुक्रबार नगरदर्शन सम्पन्न भएको थियो ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।

सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारी लीलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए ।

२३  मंसिर सम्म चल्ने विवाहपञ्चमी महोत्सवमा अन्तर्गत तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ औ दिन मटकोर, छटौं दिन स्वयंवर र विवाह सातौँ दिन  रामकलेवा हुनेछ । -न्यूज काखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया