श्रावण ५, २०८२ सोमबार July 21, 2025

साना किसान र मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले साना किसान विकास  र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांशलाई स्वीकृत गरेको छ ।

साना किसानको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको को संचित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल एक अर्व २५ करोड सेयर पुँजी रहेको कम्पनीको उक्त लाभांश वितरणपछि पुँजी डेढ अर्व नाघ्नेछ ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पनि १७ प्रतिशत बोनस सेयरलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ । दुवै कम्पनीका साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया