श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार दिउँसो जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर कार्यक्रम गरेको हो । नेपाली सेनाको ब्याण्डबाजा तथा स्थानीय जयनुल व्याण्डपार्टीका कालाकारहरूले बजाउने बाजागाजाको धुनमा रमाउँदै हजारौंको संख्यामा श्रद्धालुभक्तजन मटोरमा सहभागी भएका थिए ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको छ ।

मटकोरको क्रममा गंगासागरको पोखरीबाट माटोलाई विवाहको लागि मण्डव तयार गरिने चलन रहेको छ ।  मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले दैनिक साँझ आयोजना गरिने गंगा आरतीको दिउँसै गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन स्वयंवर राति वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहीबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया