श्रावण ५, २०८२ सोमबार July 21, 2025

शेयर बजार ५३ दशमलव १० अंकले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नाै सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । याे कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबै सूचकमा शून्य दशमलव ७५ प्रतिशतदेखि झण्डै चार प्रतिशतसम्म गिरावट आएको छ । नेप्सेका अनुसार कारोबारमा आएका सात वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

स्ट्याण्डरर्ड चार्टड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतभन्दा बढीले घटेको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया