श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे बल्ल शिलान्यास गरिएको छ। काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको बताए। वडा नं २१ वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए।

करिब रु एक करोड ५४ लाख लागत अनुमान गरिएको सो सम्पदा पुन निर्माणका लागि करिब रु एक करोड पाँच लाख कबोल गरेर समद्री कन्स्ट्रसनले जिम्मा पाएको छ ।

हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुनःनिर्माण २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। इञ्जिनियर अमित बज्राचार्यका अनुसार तीनतले भवनको हरेक तला करिब ६३० वर्गफुटको हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया