श्रावण ५, २०८२ सोमबार July 21, 2025

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी विकास बैंकको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले साधारणसभा तथा लाभांशं वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे सुरू हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने लगायतको एजेण्डा छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया