श्रावण ६, २०८२ मंगलबार July 22, 2025

थाहा पाउनुहाेस् तपाईँकाे राशिफलः मेष राशीको मनमा प्रसन्नता छाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज २८ मंसिर, तदनुसार १४ डिसेम्बर, मंगलबार। मार्गशीर्ष शुक्लपक्ष मोक्षदा एकादशी तिथि, अविश्नी नक्षत्र, परिधी योग, चन्द्रमा मेष राशिमा छ ।

आजको देवता विश्वकर्मा, ग्रहदेव शनि रहेको छ । आजको दिन सवारीसाधनसम्बन्धी खरिद विक्री, मर्मत गर्न सकिन्छ । मंगलबार गणेश र हुनमानको शक्ति आरधना गर्ने बार हो । आज एकादशी, मंगलबार दुवै एकसाथ परेको छ । सनातन मान्यताअनुसार एकादशीको दिन व्रत बस्ने र भोजन नगर्ने प्रचलन छ । बिहान ११ः३८ देखि १२ः१९ सम्म अभिजित मुहूर्त रहेको छ भने २ः३५ देखि ३ः५३ सम्म राहुकाल रहेको छ । राहुकालको समयमा कुनै पनि शुभ कर्म गरिदिैन । आज सूर्योदय बिहान ६ः४८ मा हुनेछ भने सूर्यास्त ५ बजेर ०९ मिनेटमा हुनेछ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजयप्राप्त हुनेछ । आजको दिन चन्द्रमा पनि मेष राशिमा भएकले शत्रुमाथिको विजय प्राप्ति, तपाईँले कुनै पनि नयाँ काम सुरु गर्दासमेत सफलता प्राप्त हुनेछ । परिवार र आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिन र साता नै फलदायी हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुची कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा गर्नुहोला । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिनु राम्रो हुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र ब्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईँलाई निकै फाइदा हुन्छ । नियमित काम मात्र गर्ने नयाँ काम नगर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईँका लागि आजको दिन अनुकल देखिएन । तर, धन प्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा तपाईँप्रति नकारात्मक सोच्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई सापटी दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईँसँग अनावश्यक विवाद नगर्नुहोला । लामो दूरीको यात्रा पनि नगर्दा हुन्छ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक हानी  हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको आफन्तजनबाट धोका हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  आज दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । आजको दिन तपाईँले कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ । तपाईँले मठमन्दिरमा रहेको बृद्ध मातालाई भोजन दान गर्नुहोला । आशीर्वाद लिने व्यक्तिसँगको भेट फलदायी हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन र समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईँले सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायमा लाभ हुने देखिन्छ ।  आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोधसमेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । यात्रा गर्दा फलदायी कार्ययोजना बन्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नु फलदायी हुनेछ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। अध्ययनअध्यापनमा रुचि बढ्ने छ । आजको दिन गणेशको मन्दिर वा हुनमानको देवालय यात्रा गर्दा सकारात्मक सोच बढ्ने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा गणेश मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यावसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । देवालयमा गएर बृद्ध र बालकलाई खानेकुरा वितरण गर्नु उत्तम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको फाइदा मिल्नेछ । अध्ययन अनुसन्धानको कामबाट अर्थलाभ हुनेछ । लेखन, रचनात्मक काममा लागि मंगलबारको दिन शुभ बार रहेको छ । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार