श्रावण ५, २०८२ सोमबार July 21, 2025

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया