श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्वदेशी हस्तकलालाई प्राथमिकता दिनुपर्छ : उपराष्ट्रपति पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशी हस्तकला प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घको ५० औँ स्वर्ण वर्षको शुभारम्भ एवं १० औँ हस्तकला दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपाली हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रहसमेत गर्नुभयो । नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको नेपाली हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीन वटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले महासङ्घले स्वर्ण वर्षभरि हस्तकला व्यवसायको प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनारलगायतका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

हस्तकला महासङ्घका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासङ्घले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष सागरशमशेर राणा, संस्थापक सदस्य मोतीलाल शिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेशलाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार