काठमाडौंः रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठेका डा. रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।
रिजालले फेसबुकमा स्टाटस लेख्दै मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली काँग्रेसको चौधौँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’
अहिले कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौँ स्थानमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया