श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाल हाइड्रोले सात प्रतिशत बोनस सेयर दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल हाइड्रो डेभलपर्स कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सात प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

यसअनुसार कम्पनीले दुई करोड नौ लाख ३० हजार रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ । यस्तै, ११ लाख एक हजार ५७८ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया