श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कृषि विकास बैंकको लाभांश घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कृषि विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया