श्रावण ६, २०८२ मंगलबार July 22, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्री दर १३८ रुपैयाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ५५ पैसा र बिक्री दर १६२ रुपैयाँ ३५ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९६ पैसा र बिक्री दर ८७ रुपैयाँ ३९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६९ पैसा र बिक्री दर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २४ पैसा र बिक्रि दर १० रुपैयाँ ३० पैसा कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया