श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।

समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया