श्रावण ६, २०८२ मंगलबार July 22, 2025

८० प्रतिशत बजेट कार्यान्वयन गर्न प्रदेश अर्थमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मङ्गलवार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले सीमित श्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिनुभयो ।

मन्त्री बरालले गत वर्षको ७३ प्रतिशत बजेट खर्च भएकोले यस बर्ष थप बजेट खर्च गरी नतिजा दिनु चुनौती भएको जनाउनुभयो ।

प्रदेश अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर गर्न नहुने बताउनुभयो । उहाँले तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया