काठमाडौंः मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया