श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार