श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाँच महिनामा १४ करोडको नुन बिक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साल्टट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं. २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल १४ करोड  रुपैयाँ बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कुल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो।

कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए। २०२० साल भदौ २७ गते सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय फड्को मारेको छ। संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नुन, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ। कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग, खाद्य उद्योग, नेपाल वनस्पति ध्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो।

यसैगरी नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ। सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नुन, चामल र मलको कमी हुन दिएको छैन।

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एशियामै सस्तो छ। कर्पोरेशनले ७ वर्षअघिकै मूल्यमा नुनको सहजरुपमा बिक्रीवितरण गर्दै आएको छ। आयोडिनयुक्त नुनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले , अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार