श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सन् २०२२ को पहिलो दिन भारतीय पर्यटकले जनकपुरधाम भरिभराउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अंग्रेजीको नयाँ साल सन् २०२२ को अवसरमा भारतीय पर्यटकहरूको जनकपुरधाममा घुइँचो लागेको छ ।

भारत विहार राज्यको विभिन्न जिल्लाबाट हजरौंको संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् । नयाँ वर्षको अवसरमा विश्व प्रसिद्ध  जानकी मन्दिरमा पूजापाठ गर्न तथा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् ।

कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण साम्य रहेकोले पनि अन्य वर्षको तुलनामा उच्च संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् ।

नयाँ वर्षको अवसरमा स्वदेशी पर्यटकको संख्या पनि सामान्य दिनभन्दा बढी नै रहेको छ । नयाँ वर्षका सुरुवातको धर्मकर्मले गरेको खण्डमा जीवनमा सुख, शान्ति संवृद्धि प्राप्त हुने जनविश्वास रहेकोले पनि सर्वसाधारणको श्रद्र्धालुभक्जनहरूले जनकपुरधाम आउने गरेको छ ।

जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले अन्य वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकहरू उल्लेखनीय संख्यामा जनकपुरधाम जनकपुरधाम आएको बताए । धर्म संस्कृतिप्रति आस्था राख्नेहरु नयाँ वर्षको सुरुवात पनि धर्मकर्म बाटै सुरु गर्न रुचाउने गरेको भारतीय श्रद्र्धालुहरू जानकी जीको शरणमा आउने गरेको उनले बताए ।

भारतीय पर्यटकले जनकपुरका अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरमा आएका छन् ।

उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरका होटेल व्यवसायीहरू बताउँछन् । भारतको विहार राज्य सरकारले  रक्सी मदिराको विक्रिवितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा जनकपुरमा रमाइलो गर्न जनकपुर आउने गरेका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार