काठमाडौंः नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार १३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । यता चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया