श्रावण ६, २०८२ मंगलबार July 22, 2025

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भन्नुभयो, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।”

छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आउनुभएका उहाँ भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिनु भएको छ । उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताउनुभयो ।

“उखु रोप्नका लागि बेर्ना प्रविधि (सिंगल वर्ड) अपनाएको छु” उहाँले भन्नुभयो, “परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ ।”

वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत गर्दै आउनुभएको छ । भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आउनु भएका उहाँले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताउनुभयो ।

“यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ । आम्दानीसमेत त्यही अनुरुप हुन्छ, ” वडायकले भन्नुभयो, ‘‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ। नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं ।”

किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उहाँको भनाइ थियो । वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार