श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।

पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरुको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा छ ।

चार वर्षपहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकियो । महामारीको मार खेपेका व्यवसायीले केही दिन पहिलादेखि साइक्लिङ सुरु गरेका छन् ।

कालीगण्डकी माथिको रिसोर्ट परिसरमा स्काई साइक्लिङ निर्माण गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार साइक्लिङ दुईतर्फी गरेर छ सय मिटरको रहेको छ । कोरोना महामारी पछिको समयमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको र अङ्ग्रेजी नयाँ वर्षलाई समेत लक्षित गरेर स्काई साइक्लिङ सुरु गरिएको उनको भनाइ छ ।

साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रहेको सुरुआती अवसरमा दुई हजार पाँच सय तोकिएको छ । उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत पनि छुट दिइएको उनले जानकारी गराए । साहसिक खेलप्रति पछिल्लो समय युवाहरुको आकर्षण बढेको जनाउँदै यसैलाई दृष्टिगत गर्दै साहसिक खेलका गतिविधि थपिएको अर्का निर्देशक नेत्र पराजुलीले बताए ।

बागलुङको बलेवा नेपानेका काँस फुल्ने जग्गा लिएर व्यवसायीले सहासिक खेलको हब बनाएका हुन् । बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । युरोपियन सुविधा रहेको रिसोर्टमा हरेक दिन पर्यटकको घुइँचो हुन्छ । कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्ने गरी अलग प्रकृतिको झोलुङ्गे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुङ्गे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्याएको छ ।

क्लिफका संरचना नजिकै कुश्मा व्यवसायीहरुको सक्रियतामा जिपलाइनसमेत सञ्चालनमा छ । एक वर्षअघि निर्माणको काम सुरु भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँछन् । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुश्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उनको बुझाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार