श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ ।

नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आइतबार वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर रु सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६ अर्ब ५३ करोड ११ लाख १० हजार बराबर पुगेको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३५.०३, व्यापार १७१.२५, होटेल तथा पर्यटन ५.२३, विकास बैंक २५७.१, जलविद्युत् १४८.१८, वित्त ११५.६३, निर्जीवन बीमा ३७९.७७, उत्पादन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, जीवन बीमा २९५.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.४७ अङ्कले उकालो लागेको छ ।

कारोबार भएकामध्ये आज अपी पावर कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड २२ हजार २७३ बराबरको कारोबार भयो ।

प्रभु बैंक २० करोड ८६ लाख ४२ हजार, माथिल्लो तामाकोसी २० करोड १५ लाख ७७ हजार ६१२, शिवम् सिमेन्ट १९ करोड ३९ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावर १८ करोड ७५ लाख पाँच हजार ४२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, युनियन हाइड्रोपावर ९.९८, मध्यभोटेकोसी ९.९७ र न्यादी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल एसबिआई बैंकको ऋणपत्र १.४२, मिथिला लघुवित्त १.२७, सानिमा लार्ज क्याप फन्ड १.१६, एनआइबिएल प्रगति फन्ड १.०८ र नबिल डिवेञ्चरका लगानीकर्ताले ०.९८ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार