श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ ।

२५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जानकारी दिएको हाे । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ मा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड बढी निक्षेप संकलन गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा ४४ लाख १० हजार ५५० सेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७/०७८ मा ६३ लाख ४३ हजार ६५० सेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा सेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिएको छ । साधारणसभा एवं अधिवेशनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको छ ।

सहकारीले चालु आर्थिक वर्षको अन्त्यासम्ममा शेयर पुँजी १ करोड पुर्‍याउने, ऋण लिएका प्रत्येक ऋणि सेयर सदस्यको एक वर्षे दुर्घटना बिमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बिमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बिमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको सहकारीले जनाएको छ ।

सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ र १२ तथा रावाबेँसी गाउँपालिका-६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका १ हजार ४६८ सेयर सदस्य छन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार