श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेप्सेमा उच्च अङ्कको वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अङ्कले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३१ लाख ४३ हजार २४५ बराबरको कारोबार भयो । यस्तै अपिपावर कम्पनी रु २३ करोड २३ लाख ३० हजार ९७०, नेपाल पूर्वाधार बैंक रु २२ करोड २९ लाख ११ हजार ७१७, एचआइडिसीएल रु २१ करोड ९४ लाख ६४ हजार ६६८ र हिमालयन डिस्टिलरी रु १४ करोड ४९ लाख ९२ हजार ३३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउण्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए । त्यस्तै नबिल डिवेञ्चर २.०३, एनआइसी एशिया सेलेक्ट फण्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बीमा कम्पनी एक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार