श्रावण ६, २०८२ मंगलबार July 22, 2025

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ ।

पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो ।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।

गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार