श्रावण ६, २०८२ मंगलबार July 22, 2025

निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो ।

माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुँइचो अझै बढ्दै छ । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन् । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने प्रशासनको निर्णय थियो ।

यद्यपि देवघाटको वेणी संगममा भक्तजनको बाक्लो उपस्थिति छ । चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन् । चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या पनि उल्लेख्य रहेको छ ।

छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।

भक्तजनको संख्या बढ्दै गएपछि देवघाटको वेणी संगम अस्तव्यस्त बनेको स्थानीय पत्रकार आशिक रानाले जानकारी दिए । ‘कतिपय भक्तजनले दासढुंगाबाट साना गाडीहरु पनि ल्याउनुभएको छ । आँपटारीबाट आउने भक्तजनको संख्या पनि उल्लेख्य छ’, उनले भने । त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार