श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन् ।

पर्यटकीय नगरी सौराहामा रहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले आफ्नो होटलमा माघ महिनाका लागि भएका १२ वटा कार्यक्रम सबै रद्द भएको बताउनुभयो । उहाँले राम्रो सिजनका समयमा सङ्क्रमण बढेपछि व्यवसाय प्रभावित बनेको बताउनुभयो । होटल बेस्टउडकासमेत सञ्चालक रहनुभएका दुवाडीले भन्नुभयो, “माघ महिनामा मात्रै करिब एक करोड २५ लाख हाराहारीको कार्यक्रम रद्द भएका छन् ।” उहाँका अनुसार स्वदेशी पर्यटक पनि आउनेक्रम घट्दै गएका छन् ।

सङ्क्रमणको पहिलो र दोस्रो लहरले ठूलो क्षति भएको पर्यटन व्यवसायमा पछिल्लो समय सङ्क्रमण बढ्दा झनै प्रभावित हुने देखिएको छ । जङ्गल सफारी लज सौराहाका सञ्चालक सुमन घिमिरेले बुक भएका कार्यक्रम क्रमशः रद्द हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “माघ महिनाका लागि बुक भएका चार वटा कार्यक्रममध्ये दुई वटा रद्द भइसकेका छन् ।” जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी भएर कार्यक्रम नगर्न सूचना जारी गरेपछि धमाधम कार्यक्रम रद्द भइरहेको उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिमिरेले भन्नुभयो, “व्यवसायीमा नयाँ आशा पलाएको थियो । माघ फागुनमा राम्रो व्यवासय हुने अपेक्षा गरिएको थियो ।” सपना भिलेजका सञ्चालक ध्रुव गिरीले जनवरी र फेब्रुअरीमा विदेशी पर्यटकले गरेका बुकिङ रद्द भएको बताउनुभयो । उहाँको होटलमा यो दुई महिनामा ६० जना फ्रान्सका पर्यटकले बुक गरेका थिए । स्वदेशी पर्यटक न्यून मात्रै रहेको उहाँको भनाइ छ ।

होटल नेचर हेरिटेज सञ्चालक दामोदर रेग्मीको होटलमा यसै महिनाका लागि बुकिङ भएका छ वटा भारतीय समूह र दुई वटा गोष्ठी रद्द भइसकेका छन् । उहाँले भन्नुभयो, “सानातिना बुकिङ त धेरै रद्द भएका छन् ।” कोरोेना भाइरस सङ्क्रमणको दास्रो लहरपछि आशा पलाएको भए पनि पुनःसङ्क्रमण बढेसँगै यहाँका होटल व्यवसायीलाई निराश बनाएको उहाँको भनाइ छ । यस्तै अवस्था रहे पर्यटन क्षेत्र धरासायी बन्ने रेग्मीले बताउनुभयो ।

पटिहानीमा रहेको होटल जङ्गल भिल्लामा चार वटा समूहको बुकिङ र तीन वटा गोष्ठी रद्द भएका छन् । सञ्चालक गणेश पौडेलले भन्नुभयो, “कार्यक्रम धमाधम रद्द हुन थालेका छन्, कहिलेसम्म हो यस्तै हुने ।” माघ, फागुन महिनामा गोष्ठी र ठूला समूह घुम्न आउने सङ्केत देखिएको भए पनि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बुकिङ रद्द हुन थालेको उहाँको भनाइ छ ।

भरतपुरका ठूला होटल तथा पार्टी प्यालेसका कार्यक्रम पनि रद्द भइरहेको व्यवसायीले बताएका छन् । भरतपुरमा रहेका चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले बुकिङ राम्रो भए पनि पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । उहाँको होटलमा माघमा मात्रै तीन वटा विवाह र तीन वटा कार्यक्रमका लागि बुकिङ भइसकेको थियो । थप कार्यक्रम आउने क्रममा भए पनि पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ ।

जिल्लाको पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर, मेघौली र सदरमुकाम भरतपुरमा रहेका होटलमा विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायतका कार्यक्रमसँगै पर्यटक घुम्नका लागि आउने गर्दछन् । कोभिडको पछिल्लो सङ्क्रमणसँगै बुकिङ धमाधम रद्द हुन थालेका हुन् । जिल्लामा कोभिडको सङ्क्रमण तीव्र गतिमा बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० हाराहारी पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार