श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भक्तपुर ङालाकेगु जात्रा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले विधिवत्रुपमा पूजाअर्चना गरेर सुरु भएको हो ।

सूर्यमढीबाट सुरु हुने सो जात्रा  नगरभित्र करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे, चोछेँ र इच्छुमा ङालाकेगु जात्रा गरिन्छ ।

नवदुर्गा देवगणमा खिंःबाजा, तःंबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ । नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना ९मायाप्रेम०सँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मी बताउँछन् ।

पौराणिक किम्वदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको सहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।

जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेँडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर ९बां लिकेगु० जात्रा मनाउने चलन रहेको छ । नवदुर्गा देवगणलाई प्रसाद ग्रहण ९द्यो ब्वेकेगु० कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कूल स्थिर हुने जनविश्वास  छ ।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी ९कालो टीका० ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ । नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनश्रुती पाइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार