श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोभिड-१९ का कारण माधवनारायण मेलामा असर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो ।

साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र व्रत सुरु भएको शिलालेखमा पाइएको उहाँको भनाइ थियो। माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरुलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उहाँको भनाइ थियो ।

यसवर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा गरिने व्रत ओझेलमा परेको छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिएको माधवनारायण धलौं (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार