श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो ।

कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ ।

दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेती सुरु गरेका उनले अहिले दुई बिघामा सुन कागती लगाएका छन् । गाउँपालिकाले बिरुवा, पानी तान्ने मोटरपप्प सहयोग गरेपछि उनी कागती खेतीमा लागेका छन् । डेढ वर्षको अवधिमा उनले बालुवामा कागती फलाएर एक लाख ५० हजार आम्दानी समेत गरिसकेका छन् ।

धान फल्ने खेत बालुवामा परिणत हुँदा मनमा तनाव लिने अस्गर अहिले भने त्यही बालुवामा आम्दानीको गतिलो सपना देख्न थालेका छन् । सुरुमा दुई बिघाबाट थालेको कागती खेती उनले चार बिघामा लगाएका छन् ।

अस्गर जस्तै सोही ठाउँका साहबुद्दिन हाक पनि कागती खेतीमा लागेका छन् । १० वर्ष विदेश बसेर आएका उनी अहिले दुई बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । उत्पादन र बिरुवा राम्रो भएपछि आफ्नो चार बिघामा जग्गामा कागती खेतीसमेत लगाउने तयारीमा छन् ।

सुरु देखि नै बिरुवा राम्रो भएपछि उनी कागती खेतीलाई अझ बढाउने तयारीमा छन् । नदीले बगर बनाएको खेतीलाई १३ वर्ष बाँझो देखेर विरक्तिएका हाक अहिले भने विदेशमा भन्दा राम्रो कमाइ हुने आशमा लागि परेका छन् ।

‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाइ हुन्छ जस्तो लागेको छ । विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नु पर्थ्यो । मनमा चिन्ता उस्तै हुने, अहिले आनन्द छ । घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो । म खुसी छु,’ उनी भन्छन् ।

कोशी गाउँपालिकाको तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणले उक्त कागती खेतीका लागि कृषकलाई बिरुवा खरिद गर्न, घेरा बारा, विषादी तथा मोटरपम्पसमेत सहयोग गरेको छ । कोशी गाउँपालिका अध्यक्षसहितको टोलीले भारतको राजस्थान भ्रमण गरेर आएदेखि उनै अध्यक्ष ऐयुब अन्सारीले किसानलाई प्रोत्साहन गर्दे बालुवामा कागती खेती गरे गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । उनकै विश्वासका कारण धेरै किसानले बालुवामा पैसाको सपना देख्न थालेका हुन् ।

सुख्खा मरूभूमिमा कागती खेती फस्टाएपछि गाउँपालिकाले ड्रागन खेती गर्ने समेत योजना रहेको कृषि शाखा प्रमुख सुनिलकुमार शाहले बताए । उनले बालुवामा लगानी गरेर धेरै किसानले आर्थिक स्तर उकास्न थालेको उदाहरण दिँदै गर्छु म सक्छु भन्ने कृषकलाई गाउँपालिकाले समेत सहयोग गर्ने  बताए ।

दुई वर्षअघिसम्म अस्गर र साहबद्दिनले मात्र खेती गर्दै आएका थिए । दुई बिघाबाट सुरु भएको खेती अहिले सोही ठाउँका पाँच जना कृषकले २२ बिघामा लगाएका छन् । -प्रकाश तिम्सिना/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार