श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पशुपतिनाथ मन्दिरमा आजदेखी नित्यपुजा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई प्रवेशमा रोक लगाएको छ। विश्वव्यापी महामारी ओमिक्रोन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी आदेश जारी गरेपछि कोषले पूजामा रोक लगाएको हो।

‘ओमिक्रोनको संक्रमण बढ्दै गएको सन्दर्भमा २०७८ माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी आदेश भएबमोजिम पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजाआजामा रोक लगाएका हौं’, कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले भने।

उनका अनुसार प्रशासनबाट जारी विज्ञप्तिको बुँदा नम्बर ६ बमोजिम मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने भनिएको छ।

प्रशासनले माघ मसान्तसम्मका लागि रोक लगाउने जानकारी दिएको छ। डा. थापाले माघ ५ गतेदेखि मसान्तसम्म पाशुपत क्षेत्रका सबै मठमन्दिरमा सम्पूर्ण क्रियाकलाप बन्द गराइएको जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार