श्रावण ६, २०८२ मंगलबार July 22, 2025

६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाईनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।

थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब १ अर्व ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पुरा गरेको हो । आयोजनाको काम सम्पन्न भएसँगै गत १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्रिस्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले जानाकारी दिए ।

आयोजनामा हिमालयन बैंक र राष्ट्रिय बाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा डेभलपर (सञ्चालक)को ३५ प्रतिशत स्वपूजी लगानी  छ । राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीयले विद्युत तथा बाटो मर्मतको माग गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका स्थानीय मनोज राईले बताए ।

वर्षा याममा ६.६ मेगावाट विद्युत उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमता घट्ने भएकाले हिउँदमा ‘पिकआवर’ मा पूर्ण क्षमताकै विद्युत आपूर्तीका लागि रिजर्भ निर्माण गरिएको छ । दुई वर्षसम्म साप्सु खोला जलविद्युत आयोजनाको काम सञ्चालन हुँदा सयौं स्थानीयले रोजगार पाएको स्थानीय प्रदीप दाहालले बताए । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार