श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विद्युत सञ्चालनको सम्झौता रद्द गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ ।

सदरमुकाममा विद्युत् आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हुँदै आएकाले उक्त विद्युतमा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताउनुभयो ।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले जानकारी दिनुभयो । साना जलविद्युत केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार १०० बढी विद्युत सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन् ।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिनाभित्र विद्युत सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार