श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्ला जिल्ला सदरमुकाममा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।

सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका हुन् ।

सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्युत् आउला भनेर कुर्ने गरेको बताए । रलिङ फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले हिल्दुम साना जलविद्युत आयोजनाले माग बमोजिमको विद्युत् पूर्ति गर्न नसकेको बताएका छन् ।

पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत आयोजना कार्यालय स्रोतले जनाएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाका ७० भन्दा बढी व्यापार व्यवसाय नेपाल सरकारको इजाजत पत्र लिएर सञ्चालनमा रहेका छन् ।

हुम्ला जस्तो जिल्लाका स्थानीय नागरिकलाई सस्तो र छिटो सेवा चाहिने भएको भएता पनि लोडसेडिङका कारण आफ्ना ग्रिकलाई भनेको जस्तो सेवा दिन नसकोको र २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको पानस सपिङ एण्ड डिजिटल फोटोग्राफीका सरोज रावतले बताए ।

सिजन सुरु भएपछि पर्यटकले खचाखच हुने सिमकोटका होटेल व्यवसायीले पर्यटकलाई सुविधा दिन नसको बताएका छन् । मानसरोवर होटेलका सञ्चालक चिन रावतले विद्युत् नहुँदा जेनरेटरबाट काम गर्नु पर्ने र त्यसबाट उपभोक्तालाई महँगो पर्ने बताएका छन् ।

केन्द्रका २१ सयभन्दा बढी ग्राहक रहेको हिल्दुम साना जलविद्युत आयोजनामा पानीको श्रोत कम भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि नै लोडसेडिङ गर्न बाध्य भएको हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार