श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो।

बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’

केही गहना भने लकरमा राख्ने गरिएको उनले बताए। मूर्ति रातको १ देखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुनै स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे। समस्या आएपछि त्यहाँ मूर्ति कुर्न पनि छोडिएको थियो।

बालकुमारी चौरमा समेत बालकुमारी मन्दिर रहेको छ। यस मन्दिरलाई पीठ मानिन्छ। पीठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ। हरेक वर्ष मंसिर र वैशाखमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ।

डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिएलगत्तै अनुसन्धान सुरु गरिएको बताए।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार